गृहपृष्ठ » भिडियो, मनोरञ्जननिखिल उप्रेतीको `किङ` लिरिकल भिडियो `भ्रुम भ्रुम…’ सार्वजनिक (भिडियो)

निखिल उप्रेतीको `किङ` लिरिकल भिडियो `भ्रुम भ्रुम…’ सार्वजनिक (भिडियो)

August 25, 2016१४७ पटक

स्टार अभिनेता निखिल उप्रेती स्टारर प्रतिच्छित फिल्म ‘किङ’ को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल भिडियो गीत आकर्षक ढंगले तयार गरिएको छ ।

नेपाली फिल्ममा हालसम्म प्रयोग गरिएका विभिन्न प्रचार स्टाईल भन्दा विल्कुलै फरक तरिकाले तयार गरिएको लिरिकल भिडियो हेर्दा दर्शकलाई आकर्षक लाग्न सक्छ भने सुन्दा पनि सुमधुर लाग्छ । केहि अङ्ग्रेजी तथा केहि नेपाली शब्द समावेश गीतको शब्द, संगीत युवापुस्ता लक्षित छ ।

king nikhil

लिरिकल भिडियोमा फिल्ममा समावेश केहि स्थिर दृश्य समेट्दै रिलिज मिति असोज २१ लाई विशेष हाईलाईट गरिएको छ । ‘भ्रुम भ्रुम’ बोलको गीतको शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको हो भने गीतमा संगीत पनि सुजेन्द्रले नै भरेका छन् ।

गीतमा स्वर विनोद ढकालको छ । म्युजिक एरेञ्ज किरण तुलाधरले गरेका छन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

दशैंको छेकोमा अक्टुवर ७ अर्थात माथी उल्लेखित मिति असोज २१ रिलिजको तयारी भईरहँदा प्रचारलाई अगाडी बढाउने उद्देश्यले सुरुमा लिरिकल भिडियो सार्वजनिक गरिएको निर्माता जयनले बताए । त्यसो त केहि हप्ता पहिले सार्वजनिक फिल्ममा समावेश फर्स्टलुक तश्विरले मिडियामा एक प्रकारको हाईप बनाईसकेको छ ।

करोड बढि बजेटको फिल्मको केहि दिनमा नै टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । ‘किङ’लाई राजधानीमा गोविन्द शाही र मोफसलमा डिसियनले वितरणको जिम्मा लिईसकेको छ ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण