गृहपृष्ठ » मुख्य समाचारतीन करोड ५० लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

तीन करोड ५० लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

August 19, 2015१३८ पटक

काठमाडौं, भदौ २ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भाइकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट तीन करोड ५० लाख रुपैयाँ ऋण लिएर नतिर्ने काडमाडौंको गागलफेदीका ४५ वर्षका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले जनाएको छ ।

श्रेष्ठले सान्दर्भिक विल्डर्स प्रालिको नाममा लिएको ऋण दुरुपयोग गरेका थिए । श्रेष्ठ विरुद्ध दायर भएको मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते तीन वर्ष कैद र बिगो बमोजिमको तीन करोड ५० लाख जरिवाना तिराउने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई मंगलबार काठमाडौंको तिलगंगाबाट पक्राउ गरिएको व्युरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण