गृहपृष्ठ » अार्थिक, मुख्य समाचारपहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन

पहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन

August 19, 2015३०९ पटक

Bhansar
कञ्चनपुर, २ भदौ –कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२÷७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

साउन महिनामा मासिक लक्ष्य ८८ लाख ६८ हजार रुपैयाँ राखिएको भए पनि एक करोड तीन लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आव २०७२÷७३ मा कार्यालयले १४ करोड ७८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

‘भन्सार लक्ष्य तीन वर्षअघिको भन्दा दोेब्बरले वृद्धि गरेका छौं ।’ उनले भने ।

गत आवमा पनि भन्सार कार्यालयले लक्ष्यभन्दा तीन करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो । गत वर्ष १० करोड ३२ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।

भदौ महिनामा एक करोड २५ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिएको छ । त्यसैगरी आगामी असोज र कात्तिकमा क्रमशः एक करोड १० लाख र एक करोड २४ लाख रुपैयाँ राजस्व संकलनको मासिक लक्ष्य लिएको उनले बताए ।

आर्थिक वर्ष २०६९÷७० मा चार करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा राजस्वप्रति जनचेतना बढेकाले राजस्व असलीमा वृद्धि भएको हो ।

भन्सार चेकपोस्टमा सिसिटिभी क्यामेरा जडान र भन्सार कार्यालयको आन्तरिक अन्य पक्षको सुधारका साथै सुरक्षा सर्तकताका कारणले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख रेग्मीले बताए ।

त्यसैगरी भन्सार कार्यालयमा आधुनिक इन्टरनेट प्रविधिको जडानका साथै अन्य आधुनिक भौतिक संरचनासमेत निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण