गृहपृष्ठ » फोटो ग्यालरी, मनोरञ्जन, समचारकपिलवस्तुको चन्द्रौटामा तिज गित प्रतियोगिता सम्पन्न 

कपिलवस्तुको चन्द्रौटामा तिज गित प्रतियोगिता सम्पन्न 

August 26, 2016१५१ पटक

अशोक पोख्रेल/भाद्र १० कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा भएको तिज गित प्रतियोगिताको अवसर पारि विभिन्न आमा समुह ,क्लव , विद्यालय का विद्यार्थिहरुले महिला अव चुलोचौकोमा मात्र सिमित नभई राजनितिक लगाएत अन्य ठाउमा पनि काम गर्न सक्ने गित मार्फत वताएका थिए।

teej 1हिसां न्युनिकरणका लागि आर्थिक,सामाजिक,साँस्कृतिक र राजनितिमा महिलाको पहुच भन्ने र्शिषकमा हिन्दु महिलाहरुको माहान पर्व हरितालिका तिजको पावन अवसर पारेर दियालो नेपाल कपिलवस्तु र छमछमि कला केन्द्र को आयोजनामा विहिवार कपिलवस्तुको चन्द्रौटामा जिल्ला स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १२ वटा समुहहरुले आफ्नो आफ्नो प्रस्तुति गरेका थिए ।
teej3
कार्यक्रमको अवसरमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु शिलु भट्टराई, विधान  कार्कि, दिपक भण्डारि, मिलन वि सि , सुमन पौडेल,शिव खनाल, शुशिला विश्वकर्मा, लक्ष्मी रेग्मी, श्यामकला पर्तेल लगाएत छमछमि कला केन्द्रकोे वजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा इमिलिया उच्च मा वि प्रथम, प्रकाश उच्च मा वि सुन्दरिडाडा द्धितिय, ग्रिन भिजन युव क्लव वनकटवा तृतीय, सनराईज इङलिस स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ।
शान्ता सेनको अध्यक्षता र अन्तरपार्टि महिला सन्जाल सन्तोषि पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि, वुद्धिजिवि, पत्रकार लगाएत को आतिथ्यता रहेको थियो ।

teej 2

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण