गृहपृष्ठ » मनोरञ्जन, समचारन्यू नमुनामा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न ।

न्यू नमुनामा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न ।

August 27, 2016१९५ पटक

न्यू नमुना बोर्डिङ हाई स्कुल देबदह-१० भलुहि, रुपन्देहीमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। तीन चरणमा सञ्चालन भएको उक्त कार्यक्रममा पहिलो चरणमा १-३ कक्षा सम्मका बिद्यार्थीहरुले प्रतिस्पर्धा गरेकोमा 3 “Venus” बाट बिदिसा पन्थीको समूह उत्कृष्ट र 3 “mercury” बाट बबिना रेस्मिको समूह सर्बोउत्कृष्ट भएका छन्।त्यस्तै दोस्रो चरणमा ४-६ कक्षा सम्मका बिद्यार्थीले सहभागिता जनाएका थिए जसबाट 6 “Purple” बाट सबनम क्षेत्रीको समूह उत्कृष्ट र 4 “Blue” बाट जिना ढुङगानाको समूह सर्बोउत्कृष्ट भएका छन्। त्यस्तै अन्तिम तथा तेस्रो चरणमा 7-10 सम्मका बिद्यार्थीले सहभागिता जनाएका थिए जसबाट 9 “Bhirkuti” बाट एन्जिला खड्काको समूह उत्कृष्ट र 10 “Everest” बाट किरन बुढामगरको समूह सर्बोउत्कृष्ट भएका छन्।साथै उक्त कार्यक्रममा यश क्षेत्रमा चर्चित लोक तथा दोहोरी गायक बसन्त लम्साल र बिस्नु श्रीपालीको पनि बेजोड प्रस्तुति रहेको थियो। बिद्यालयका प्रिन्सिपल होमनाथ ढुङ्गानाको सभापतित्व तथा शिक्षक बिष्णु कुवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

14124085_1779185265673359_1131212364_o

14111888_1779185765673309_636909743_n 14030605_1779185769006642_1486682193_n

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण