गृहपृष्ठ » मुख्य समाचार, समचाररसुवामा डालेघाँसको बिरुवा तयार पार्न नर्सरी स्थापना ।।

रसुवामा डालेघाँसको बिरुवा तयार पार्न नर्सरी स्थापना ।।

August 19, 2015१५७ पटक

०२ भदौ,रसुवा
डालेघाँसको बिरुवा तयार पार्न जिल्लाको दुई स्थानमा नर्सरी स्थापना गरिएको छ । पशु आहाराका लागि आवश्यक पर्ने पोसिलो डालेघाँस आगामि बर्षमा जिल्लामा नै उपलब्ध गराई किसानहरुलाई रोजगारी सिर्जना गर्न नर्सरी स्थापना गरिएको हो । जिल्ला पशु सेवा कार्यालयले भोर्ले गाविस वडा नं.७ का चुडामणि पौडेल र धैबुङ ३ का रेवति प्रसाद पौडेललाई अनुदान स्वरुप १०÷१० हजार अनुदान दिएसगैै राई खन्यु, निमारो, बडर किम्बु लगायतका डालेघाँसको नर्सरी स्थापना गरिएको जिल्ला पशु सेवा कार्यालय रसुवाले जानकारी दिएको छ । बिगतका बर्षहरुमा बाहिर जिल्लाबाट महङगो शुल्क र ढुवानीमा विरुवा ल्याउनुपर्दा बढी खर्चिलो र गाडिमा ढुवानी, बोटबिरुवाको क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले जिल्लामै उत्पादन सुरु गरिएको पशु चिकित्सक लुना गोङगलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण