गृहपृष्ठ » मुख्य समाचारजुम्ला सदरमुकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवा ग्राही मर्कामा ।

जुम्ला सदरमुकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवा ग्राही मर्कामा ।

August 19, 2015९९ पटक

०२ भदौ, जुम्ला
जुम्ला बजारको कृष्ण मन्दिर देखि एर्पोट सम्मका टेलिफोन अवरुद्ध हुँदा सेवा ग्राही मर्कामा परेका छन् । गएको साउन ३१ गते देखि टेलिफोन सेवा अवरुद्ध हुँदा मर्कामा परेका हुन् । सामुदायिक रेडियो नारी आवाज, साल्टटेडिङ्ग कर्पोरेशन, नेपाल खाद्य संस्थान लगायत १ सय ओटा टेलिफोन अवरुद्ध भएपछि एकठाउँको खबर अर्को ठाउँमा जानकारी लिन र दिन समस्या भएको छ । विशेष अधिकार सहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै साउन ३१ गते प्रर्दशनकारी र प्रहरी बिच भएको झडपको क्रममा केबुल लाईन बिचबिचमा प्यला परेको हुनाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा जुम्लाले जनाएको छ । जुम्ला बजारको कृष्ण मन्दिर नजिक केबुल लाईनमा प्रर्दशनकारीको ढुंगा र प्रहरीको गोलि लागेर क्षति पुगेको जनाईएको छ । १ सय ओटा टेलिफोन अहिले अबरुद्ध भएको नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख राकेश गिरीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण