गृहपृष्ठ » मुख्य समाचार, समचारपर्वतको मालढुङ्गामा फेरि पहिरो ,७ घर पुरिए ।।

पर्वतको मालढुङ्गामा फेरि पहिरो ,७ घर पुरिए ।।

August 19, 2015१५५ पटक

०२ भदौ, पर्वत
पर्वतको कुश्मा नगरपालीका १ मालढुङ्गामा आज विहान पहिरो जाँदा ७ घर पुरिएका छन् । पहिरोले सोमबहादुर गुरुङ , सोमबहादुर माझी , भीमसेन माझी , दुर्गा भण्डारी , विश्वास तुलाचन , चन्द्रबहादुर माझी र किशोर माझीको घर पुरिएको हो । पहिरोले ७ घर भत्किएका छन् भने अरु घरमा बाढि पसेको छ । थप पहिरो आउने सम्भाबनाले अरु २२ घर परिवार घर छोडेर भागेका छन् । यसअघि पहिरो गईरहने स्थानबाट आज फेरि पहिरो झरेको प्रहरीले जनाएको छ । कालीगण्डकी नदि किनारमा बालुवा चालेर जिविका चलाउने माझी बस्तीमा पहिरो गएको हो । अन्यत्र जग्गा नभएपछि उनीहरु पहिरोको पीडा सहेरै बस्ने गरेको स्थानीय दुर्गाबहादुर माझीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण