गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लग, मनोरञ्जन, साहित्य, स्वास्थ्यचकलेटको प्रदर्शन मिति जुर्‍यो

चकलेटको प्रदर्शन मिति जुर्‍यो

August 5, 2015११४४ पटक

काठमाडौं । पूजना प्रधानको लगानी र निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’को प्रदर्शन मिति तय भएको छ । निर्देशक निर्मल शर्माका अनुसार आउँदो मंसिर १८ देखि मुलुकभर प्रदर्शन हुने भएको छ ।pujana and gaida

निर्माता निर्देशक दुबै नयाँ भएकाले उनीहरु दुबैले १८ मंसिर आफ्नो लागि विषेश हुने बताएका छन् । पूजना प्रधान आयुष्मान घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको यस फिल्ममा सडक वालवालिकाको जीन्दगीको एउटा पाटोलाई खोज्ने प्रयाश गरिएको निर्देशक शर्माको भनाई छ ।

सानो बजेटको तर, राम्रो फिल्म बनाएको भन्न चाहने शर्मा विदेशमा भएका प्रदर्शनवाट बढी नै उत्साहित छन् । ‘हङकङमा भएको प्रदर्शनपछि बढी नै उत्साहित छु ।’ शर्माले भने ।

हङकङमा रेड कापेट शो गरिएको चकलेट अमेरिका, अष्टे्रलिया लगायतका मुलुकमा पनि प्रदर्शन हुने भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण