गृहपृष्ठ » मुख्य समाचारउद्योग वाणिज्य संघद्वारा घुम्ती शिविरबाट सेवा प्रदान ।।

उद्योग वाणिज्य संघद्वारा घुम्ती शिविरबाट सेवा प्रदान ।।

August 19, 2015११७ पटक

०२ भदौ, तेह्रथुम,
उद्योगी व्यवसायीलाई सहजता दिन तेह्रुथुम उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न बजारहरुमा एक साता सम्म घुम्ती सेवा शिविरबाट सेवा प्रदान गरेको छ । संघले व्यवसायीहरुमा चेतनाको विकास गराउन तथा संघबाट हुने सेवा सुविधा उपलब्ध गराउन घर पायकका स्थानीय बजारहरुमै गएर घुम्ती सेवा सन्चालन गरेको अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बताउनुभयो । उहाँका अनुसार संघले जिल्लाका जिरिखिम्ती, लसुने, सन्सारी, मोराहाङ, सिम्ले, जलजले र हलिमेलामा घुम्ती सेवा शिविर सन्चालन गरेको उहाँले जानकारी दिनुभयो । शिविरबाट ३९ जनालाई नयाँ सदस्यता, ३ सय ७ जनाको सदस्यता नवीकरण, २ सय ५५ जनाको आन्तरिक आय कर संकलन गरिएको संघका कार्यालय सचिव खगेन्द्र तिम्सीनाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण