गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारतौलिहवामा गोली चल्यो, प्रहरी र अन्दोलनकारी बीच झड्प, ११ जना घाईते ।

तौलिहवामा गोली चल्यो, प्रहरी र अन्दोलनकारी बीच झड्प, ११ जना घाईते ।

August 19, 2015२१२ पटक

०२ भदौ, कपिलबस्तु
संयुक्त मधेशी मोर्चा कपिलबस्तुले गरेको बन्दको प्रभावले आज छैटौ दिन पनि कपिलबस्तु पुर्णरुपमा प्रभावित भएको छ । आज तौलिहवामा अन्दोलनकारी र प्रहरीबीच झड्प भएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी करिब १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ भने अन्दोलनकारीहरुले प्रहरी माथी ढुङ्गमुढा गरेका छन । प्रहरीको लाठी चार्जबाट आज ११ जना अन्दोलनकारी घाईते भएका छन । घाईतेहरुको तौलिहवा पृथ्बी बीर अस्पतालमा उपचार भईरहेको छ । अस्पताल परिसरमा पनि अश्रु ग्याँस प्रहार भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण