संविधानसभा छोड्नु बाध्यत्मक अवस्था रहेको सद्भावनाको अध्यक्ष महत्तोको भनाई ।।
०२ भदौ, काठमाण्डौ ।।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले संविधानसभा र ब्यवस्थापिका संसद् दुबैबाट आफ्नो पार्टी हटेको बताउनुभएको छ । सीआइएनसँगै कुराकानी गर्दे उहाँले संविधानसभाको चुनावबाट जीतेर आएका भएकाले संविधानसभा छाडेपछि साँसद पनि नरहने बताउनुभयो । उहाँले संविधानसभा भित्र दलित, मधेशी र शोषित समुदायका हकअधिकार स्थापित गराउन गरेको संघर्ष पर्याप्त नभएको भन्दै जनताको साथ लिएर आन्दोलन गर्ने बताउनुभयो । संविधानसभामा सद्भावनापार्टीको ५ जना सभासद् रहेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने चार दलले संघीयताको प्रारम्भिक प्रस्ताप गरेदेखि नै असन्तुष्ट बनेको सद्भावनाका सभासद्हरुले हिजो राजिनाको घोषणा गरेका थिए ।