एउटै जीपमा सवार साथीको पैसा चोरेर भाग्दै गरेका एक जनालाई गिरफ्तार
गुल्मी, ०२ भदौ ।।
एउटै जीपमा सवार साथीको पैसा चोरेर भाग्दै गरेका एक जनालाई गुल्मी प्रहरीले गिरफ्तार गरेको छ । पैसा सहित सिर्सेनी–३ का सुरेश पुरीलाई बुधबार प्रहरीले गिरफ्तार गरेको हो । उनले सँगै गाडीमा आएका नेटा दर्लिङका प्रेम बहादुर रोकायको एक लाख रुपैया चोरेर भागेका थिए ।
पीडित रोकायले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पुरीलाई बुटवल जाने गाडीमा सदरमुकाम तम्घासको मिलनचोकमा प्रक्राउ गरेको इन्सपेक्टर रामप्रसाद पौडेलले जानकारी दिनुभयो । आरोपित पुरीलाई हिरासतमा राखेर थप अनुसन्धान समेत भैरहेको प्रहरीले बताएको छ । पाल्पामा आफ्ना आफन्तको उपचार भैरहेकाले पीडित रोकायले घरबाट उक्त रकम लिएर आउँदै गरेको बताए ।