गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारसुपमा बर्षेनी बलात्कारका घटना बढ्दै

सुपमा बर्षेनी बलात्कारका घटना बढ्दै

September 7, 2016३२५ पटक

भूमिराज जोशी/ दिपायल भाद्र २२ । सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रमा बर्षेनी बलात्कारका घटनाहरु बढ्दै गरेको एक तथ्याँकले देखाएको छ । २०७० साउन देखि ०७३ असारसम्ममा एक सय ९१ महिला बलात्कृत भएका छन ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको बिगत तीन वर्षको घटना बिवरण अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष बलात्कारका घटनाहरु बढ्दै गरेको देखिएको छ । ०७०/०७१ मा यस क्षेत्रमा ५० बलात्कारका घटना भएकामा ०७१/०७२ मा उक्त संख्या बढेर ६३ पुगेको देखिएको छ । यस्तै ०७२/०७३ मा बलात्कारका घटनाहरुको संख्या ७८ पुगेको छ ।
प्रदेश नं. ७ का नौ जिल्लाहरुमा सवै भन्दा वढी कैलालीमा बलात्कार घटनाहरु भएका तथ्याँकले देखाएको छ । यस जिल्लामा ०७०/०७१ मा २२, ०७१/०७२ मा ३१ र ०७२/०७३ मा २६ गरी बलात्कारका घटनाहरु भएका छन । तीन वर्षे अवधीमा कैलाली जिल्लामा उद्योग करणीका ३५ घटना भएका छन । बलात्कारको अपराध गर्ने प्रयास गरेको तर कुनै कारणले बलात्कार हुन नसकेको अवस्थालाई उद्योग करणीको मुद्धामा राख्ने गरिन्छ ।

gang-rape-1462349770
यस्तै तीन वर्षे अवधीमा कञ्चनपुरमा ४५ महिलाहरु बलात्कृत भएका छन । पहिलो बर्ष १०, दोश्रो वर्ष १४ र तेश्रो वर्ष २१ महिलाहरु यस जिल्लामा बलात्कृत भएको तथ्याँकले देखाउँछ । यस्तै यस जिल्लामा २० उद्योग करणीका घटना भएका छन ।
यस अवधीमा डोटीमा बलात्कार ११ र उद्योग आठ, अछाममा बलात्कार आठ र उद्योग चार र बझाङ्गमा बलात्कार १२ र उद्योगका सात घटनाहरु भएका छन । बाजुरामा बलात्कारका नौ र आठ, दार्चुलामा बलात्कारका तीन र उद्योग सात, बैतडीमा बलात्कार ११ र उद्योग चार र डडेल्धुरामा बलात्कार १३ र उद्योगका चार घटना भएको प्रहरी तथ्याँकमा छ ।
कानुनको प्रभावकारी कार्यान्वयन नहुनु र अनुसन्धान प्रक्रिया फितलो हुनुले बलात्कारका बढेको अधिकारकर्मी महिलाहरु को बुझाई छ । यस्तै पश्चिमा संस्कृतिको प्रभाव, महिलाहरुको पहिरनले पनि अपराधिहरुलाई बल पुगेको सम्वन्धित क्षेत्रका सरोकारवालाहरु वताउँछन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण