गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधीआज आउँदैछ आईफोन सेभेन, यस्ता छन् फिचर

आज आउँदैछ आईफोन सेभेन, यस्ता छन् फिचर

September 7, 2016४७३ पटक

एजेन्सी /सान फ्रान्सिस्को ।  अमेरिकाको विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आज राति आफ्नो नयाँ मोबाइल आईफोन सेभेनलाई सान फ्रान्सिस्कोमा सार्वजनिक गर्दैछ ।

अघिल्ला वर्षहरु जस्तै यो पटक पनि आईफोन सेभेन सार्वजनिक गर्ने कार्यक्रममको स्टेज कम्पनीका सीईओ टीम कुकले सम्हाल्दैछन् ।

आज सार्वजनिक भए पनि नेपाली बजारसम्म आइपुग्दा पर्ने यसको मूल्यबारे अहिले केही तय भइसकेको छैन । तर यसका फिचरबारे धेरै कुरा बाहिर आइसकेका छन् ।

iphone7

३२ जीबीदेखि २५६ जीबीसम्मको मेमोरी

समाचार अनुसार आईफोन सेभेन प्लस २५६ जीबी स्टोरेज क्षमतासहित सार्वजनिक हुँदैछ । अर्कातिर यसको न्यूनतम् स्टोरेज भने १६ जीबीको सट्टा ३२ जीबीको हुनेछ ।

यसभन्दा अघि आएको आईफोन सिक्स प्लसमा १२८ जीबीको इन्टरनल मेमोरी रहेको थियो । आईफोन सेभेनमा कम्पनीले आन्तरिक स्टोरेजका अलाबा २ टेराबाइटसम्मको आईक्लाउट स्टोरेज पनि दिने जनाएको छ । (भोलि सकिँदै आईफोन सेभेनको प्रतिक्षाको घडी)

कस्तो होला प्रोसेसर ?

प्रोसेसरको कुरा गर्दा फोनमा ऐप्पल ए टेन प्रोसेसर हालिएको हुनेछ । आईफोन सेभेनको स्क्रीन ४.५ इन्च र आईफोन सेभेन प्लसको स्क्रीन साइज ५.५ इन्च हुन सक्नेछ । यसका अलावा आईफोन सेभेन प्लसमा दुई रियर क्यामेरा पनि हुने बताइएको छ ।

आईफोन सिक्स भन्दा पनि पातलो आईफोन सेभेन

प्रविधि समाचारमा जनाइएअनुसार आईफोन सेभेन, आईफोन सिक्स भन्दा पनि पातलो हुनेछ । यसका अलावा कम्पनीले आफ्नो नयाँ फोनमा तीब्रगतिको चार्जिङ् फिचर पनि ल्याउन सक्नेछ । आईफोन सेभेन र सेभेन प्लसमा ३.५ एमएमको हेडफोन ज्याक हुनेछैन । अर्थात सामसङको गियर आईकन जस्तै एप्पलले आईफोन सेभेनमा पनि वायरलेस हेडफोन ल्याउने भएको छ ।

ड्यूअल लेन्स क्यामेरा

आईफोन सेभेनमा ड्युअल लेन्स क्यामेरा हुने पनि बताइएको छ। हालै लीक भएको सूचनामा यो कुराको जिकिर गरिएको हो । समाचार अनुसार आईफोन सेभेन पनि एउटा सिङ्गल लेन्स र अर्को ड्यूअल लेन्स क्यामेरा राखिएको हुनेछ । आईफोन ड्युअल लेन्स क्यामेरा आईफोन सेभेन प्लसमा हुनेछ ।

होम बटनमा फिङ्गर प्रिन्ट सेन्सर

आईफोनको होम बटनको डिजाइनमा पनि परिवर्तन भएको पाउन सकिनेछ । अब यो बटन भित्रतर्फ दबिनेछैन । कम्पनीले यसलाई‘भाइब्रेटिङ्ग हेप्टिक सेन्सेसन’ फिचरले सजाएको छ, जसलाई गर्दा भाइब्रेट गर्नेछ । आईफोन से‍भने र सेभेन प्लसको होम बटन फिङ्गरप्रिन्ट सेन्सरयुक्त हुनेछ । युजर यसमाथि औंला राख्नेबित्तिकै फोनको लक खुल्नेछ ।

आईफोन सेभेनसँगै एप्पल वाच पनि लन्च

समाचार अनुसार यो कार्यक्रममा एप्पल नयाँ घडी पनि सार्वजनिक हुँदैछ । यसका अलाबा कम्पनीको नयाँ ल्याप्टप अर्था म्याकुबक पनि यहाँ सार्वजनिक हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण