गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसिँचाइ मन्त्रीलाई व्यापारीको ५१ किलोको माला

सिँचाइ मन्त्रीलाई व्यापारीको ५१ किलोको माला

September 7, 2016३०२ पटक

भाद्र २२/दाङ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघले जिल्लाबासी सिँचाइ मन्त्री दीपक गिरीलाई ५१ किलोको मालले स्वागत गरेको छ ।

जिल्लाको विकास निमार्णका लागि गम्भीर बनाउन तथा जिम्मेवारीबोध गराउन ५१ किलोको मालाले स्वगात तथा सम्मान गरिएको संघले जनाएको छ ।

mala

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका गिरीलाई सम्मान एवम् स्वागतमा वाणिज्य संघले कार्यक्रमको यति ठूलो माला लगाइदिएको हो ।

५१ किलोको माला लगाएर संघले सम्मान गरेपछि उनले यसक्षेत्रको विकास लागि आफू सधैँ साथमै रहेको बताएका थिए ।

उनले विभिन्न विकासका काम गर्ने वचनवद्धता गर्न भ्याए । मन्त्री गिरीले जिल्लाको एकमात्रै एयरपोर्टको स्तरवृद्धि गरेर सुचारु गर्ने बताएका छन् ।

धावनमार्गलाई साढे सातसय मिटरबाट बढाएर १ हजार ५ सय मिटर पुर्याउन भूमिका खेल्ने उनले बताए ।

त्यसका लागि धावनमार्ग आसपासको बस्ती सार्ने, धावनमार्ग प्राविधिक रुपमा नमिलेकाले त्यसलाई मिलाउन पर्यटन मन्त्रालयसँग समन्वय गर्ने समेत बताए । मन्त्री गिरीले एयरपोर्ट क्षेत्रमै इन्धन डिपो स्थापना गरेरै छोड्ने पनि जानकारी दिए ।

सिँचाई मन्त्री गिरीले तुलसीपुर क्षेत्रमा जारी रहेको विद्युत लो–भोल्टेजको समस्या समाधानका लागि तत्काल एक दर्जन ट्रान्सफर्मर भित्राउन लागेको जानकारी दिए ।

विद्युत प्राधिकरणसँग त्यसको लागि सबै कुरा पुरा भएर काम सुरु भएको र एक हप्ता भित्रै १२ वटा ट्रान्सफर्मर आइपुग्ने उनले जानकारी गराए ।

त्यस्तै दाङदेखि रुकुमसम्मको सडक स्तरोन्नति गर्ने, राप्ती राजमार्गको उक्त सडकखण्ड चौडा बनाएर कालोपत्रे गर्ने, तुलसीपुर–सुर्खेत र लमही–कोइलावास सडकखण्ड कालोपत्रे गर्न पहल गर्ने लगायतका कामको बेलिविस्तार सुनाए ।

कार्यक्रममा मन्त्री गिरीलाई ट्रयाक्टर व्यवसायी समितिले खोलाजन्य बस्तुको सहज आपूर्ति गर्न पाउनुर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण