गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधीअम्बानीले भारतका १ अर्व नागरिकलाई इन्टरनेट पहुुँच पुर्‍याउने

अम्बानीले भारतका १ अर्व नागरिकलाई इन्टरनेट पहुुँच पुर्‍याउने

September 7, 2016५७२ पटक

भदौ २२ – भारतीय उद्योगपति मुकेश अम्बानीले १ अर्व नागरिकलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने घोषणा गर्नुभएको छ । अम्बानीले २० अर्ब अमेरिकी डलर लागतमा भारतको ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने आफ्नो योजना सार्वजनिक गर्नुभयो ।

ambaniअम्बानीले सस्तो मूल्यमा तिब्र गतिको फोर जी इन्टरनेटसहित रिलायन्स जियो सेवा प्रदान गर्ने घोषणा गरेसँगै उपभोक्ता खुसी भएका छन् । सन् २०१६ को अन्त्यसम्ममा यो सेवा उपभोक्तासम्म पुग्नेछ । उपभोक्ताले महिनाको १ सय ४९ भारतीय रुपैयाँमा डाटा किन्न सक्नेछन् ।
अम्बानीको जियो योजना सफल भएमा धेरै भन्दा धेरै नागरिक इन्टरनेट को पहुँचमा पुग्न सक्नेछन् । जब कि अहिले भारतमा पाँच जनामा एकजना वयस्कले मात्र इन्टरनेट चलाउने गरेका छन् । अम्बानीले सन् २०१७ सम्मा ९० प्रतिशत जनतासम्म इन्टरनेट पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ ।
यसअघिनै अम्बानीले देशभरी १ लाख टेलिकम टावर निर्माणमा लगानी गरिसक्नुभएको छ । जियोेले १८ हजार शहर तथा २ लाख गाउँहरुलाई आफ्नो सेवामा समेटिसकेको दावी अम्बानीको छ । अम्बानीको रिलायन्स जियो बजारमा आउने चर्चा चलेपछि प्रतिस्पर्धी कम्पनीहरु एयरटेल र भोडाफोनले आफ्नो थ्रीजी र फोरजी सर्भिसको मूल्य ७० देखि ८० प्रतिशतसम्म घटाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण