गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचारजियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

August 19, 2015४६० पटक

२ भदौ, चीन । दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ व्यक्ति बनेका छन् ।

नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ व्यक्ति बनेका हुन् ।

वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको हुरान रिसर्च इन्स्टिच्युटले बुधबार जारी एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै हङकङका ८७ वर्षीय व्यापारी लिका सिङ विश्वका दोस्रो धनी चिनियाँ बनेका छन् । उनको सम्पत्ति २०० अर्ब युआन पुगेको बताइएको छ ।

अलिबाबा इन्टरनेट समूहका संस्थापक तथा अध्यक्ष ज्याकमा १६५ अर्ब युआन जम्मा गर्ने विश्वका तेस्रो धनी चिनियाँ व्यक्ति हुने सौभाग्य पाएका छन् । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण