गृहपृष्ठ » समचार१३ औं निजामती सेवा दिवस नवलपरसि सहित देशभर मनाईंदै

१३ औं निजामती सेवा दिवस नवलपरसि सहित देशभर मनाईंदै

September 7, 2016२०८ पटक

हिरु तिवारी, नवलपरासी ।   १३औं निजामती सेवा दिवस, ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका साथ मनाईंदैछ ।विशेष गरी निजामती सेवामा कार्यरत कर्मचारीहरुले आज नवलपरासि सहित मुलुकभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।दिवसको अवसरमा आज नवलपरासिको परासिमा बिहान प्रभातफेरि भएको र त्यसपछि जिल्ला प्रशाशन कार्यालयको प्राङ्गगणमा विशेष कार्यक्रममा परिणत भएको थियो ।  दिवसको अवसरमा शुभकामना दिंदै नवलपरासिका प्रमुख जिल्ला अधिकारि महादेव पन्तले निजामती कर्मचारीलाई परिवर्तीत समयको प्राथमिकता, माग र आवश्यकता अनुसार राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा महिला बालबालिका कार्यालय प्रमुख उर्बरा लुईटेल आधिकारिक ट्रेड युनियन अध्यक्ष अमजद अली अन्सारी लगाएत २०० कर्मचारीको उपस्थिती रहेको थियो । सो अवसरमा सप्ताहव्यापी रुपमा संचालन गरेको विविध कार्यक्रमका विजेतालाई पुरस्कार समेत वितरण गरिएको छ ।  आधिकारिक ट्रेड युनियन उपाध्यक्ष राजेन्द्र देवकोटा को स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन नवलपरासी सचिव सुनिल लामिछानेले गर्नु भएको थियो ।  नेपालमा निजामति सेवा गठन भएको ६१ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । अहिले नवलपरासिमा ६३८ निजामती कर्मचारी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण