गृहपृष्ठ » खेलकुद, मुख्य समाचारपाकिस्तानले इंग्ल्याण्डलाई ९ विकेटले हरायो

पाकिस्तानले इंग्ल्याण्डलाई ९ विकेटले हरायो

September 8, 2016३९५ पटक

काठमाडौं, भदौ २३। पाकिस्तानले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्डलाई सहजै हराएको छ। बुधबार राति वल्ड ट्रफोर्डमा भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ९ विकेटले हराएको हो।

crickt
पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य पाहुना टोली पाकिस्तानले १४ दशमलव २ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानका शारजित खान र खालिद लातिफले ५९ रनको योगदान दिए। बाबर अजामले नटआउट १५ रन बनाए।
इंग्ल्याण्डका अदिल रशिदले एक विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो। उसका लागि एलेक्स हेल्सले ३७ तथा ज्यासन रोयले २१ रन बनाए।
पाकिस्तानका वाहब रियाजले तीन तथा हसन अली र इमाद वासिमले दुई दुई विकेट लिए।
यसअघि भएको पाँच एक दिवसीयको शृंखलामा इंग्ल्याण्डले ४–१ ले जित पाएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण