गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारअमेरिकी र रुसी लडाकु विमान, झण्डै ठोक्किएन

अमेरिकी र रुसी लडाकु विमान, झण्डै ठोक्किएन

September 8, 2016५०१ पटक

भदौ २३ – रुसी लडाकु विमान अमेरिकी लडाकु विमानबाट मात्रै १० फिट परबाट उडेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी लडाकु विमान ब्ल्याक सिमाथि आफ्नो विमानबाट मात्रै १० फिट टाढाबाट उडेको बताएको छ ।

plane पेन्टागनले रुसको यस्तो कार्यले खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । पेन्टागनले रुसको लडाकु विमान एसयु २७ को १० फिट नजिकैबाट रुसी विमान उडेको जनाएको छ । तर रुसी रक्षा मन्त्रालयले भने अमेरिकी विमान आफूहरुको क्षेत्रमा आएको र एसयु २७ का पाइलटले नियम पालना गरेको दाबी गरेको छ । रुसले अहिले ब्ल्याक सिमा सैन्य अभ्यास गरिरहेको छ ।
पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले अमेरिकी लडाकु विमान पी–एटएले अन्तर्राष्ट्रिय एयर स्पेसमा नियमित उडानमा रहेका बेला रुसी विमान नजिकै आएको बताउनुभयो । यो निकै असुरक्षित कार्य रहेको उहाँले बताउनुभयो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण