गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधीभाइबरबाट ५२ वटा देशमा निशुल्क फोन गर्न सकिने

भाइबरबाट ५२ वटा देशमा निशुल्क फोन गर्न सकिने

September 8, 2016३४० पटक

काठमाडौं, भदौ २३ । मोबाइल एप भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै दुई हप्ताका लागि ५२ वटा देशमा सित्तैमा फोन गर्न सकिने सुविधा ल्याएको छ ।

viber-call

नेपालका करिब ४० लाख प्रयोगकर्तालाई भाइबरले भदौ २१ गतेबाट लागू हुने गरी असोज ३ गतेसम्मका लागि यो सुविधा ल्याएको हो ।

आइओएस, एन्ड्रोइड, विन्डोज स्मार्टफोन, विन्डोज पिसी या म्याकबाट विश्वका कुनै पनि ल्यान्डलाइन र मोबाइल नम्बरमा फोन गर्ने सुवधा भाइबरले ल्याएपछि नेपाली प्रयोगकर्ता लाभान्वित हुने भएका छन् ।

यो सुविधामार्फत ५२ वटा देशमा निशुल्क फोन गर्ने समय राति ८ बजेदेखि १० बजेसम्म तोकिएको भाइबरले जनाएको छ । भाइबरले यस्तो सुविधा विश्वमै पहिलो पटक नेपालमा दिन शुरु गरेको हो ।

‘नेपाल, भारत, अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, कुवेतसहितका ५२ देशहरुमा यो अफरमार्फत् निशुल्क कल गर्न सक्नेछन्’, भाइबरले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘तर त्यसको लागि इन्टरनेट सुविधायुक्त मोबाइल वा वाईफाई हुनु भने जरुरी छ ।

भदौ २१ गते राति ८ बजेदेखि २ हप्ताका लागि सञ्चालित यो अफरको सदुपयोग गर्न फ्री भाइबर आउट कलबाट असीमित कुरा गर्न सकिनेछ ।

“नेपालमा भाइबरको उपस्थिति अत्यन्त बलियो छ । नेपालको जनसंख्याको अत्त्याधिक संख्या देश बाहिर विदेशमा वैदेशिक रोजगार रा अध्ययनको सिलसिलामा रहेको सन्दर्भमा भाइबर आउटले शुल्कको चिन्ता नलिई आफ्ना प्रियजनसँग मनभरीको कुरा गर्ने अवसर नेपालीलाई प्रदान गरेको छ’ भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख श्री अनुभव नैय्यरले भने ।

यसप्रकारको विशेष प्रवद्र्धनात्मक अफर प्रयोग गर्न पाउने नेपाली भाइबर प्रयोगकर्ताहरु विश्वमै पहिलो रहेको भाइबरले उल्लेख गरेको छ । ‘विश्वभरमा साढे सात करोड भन्दा बढी प्रयोगकर्ताहरु रहेकोमा भाइबरले नेपाललाई मात्र लक्षित गरेर यस्तो विशेष अफर संचालन गरेको हो’, नैय्यरले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण