गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारअभियोगबिनै ८८ दिन थुनामा, २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने व्यवस्था उल्लंघन

अभियोगबिनै ८८ दिन थुनामा, २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने व्यवस्था उल्लंघन

September 9, 2016३३६ पटक

२४ भदौ, काठमाडौं । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ ।

crime

कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको छ ।

उनलाई संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन । रसुवा टिमुरे-५ का २६ वर्षीय काङकाश्र तेन्जिङ तामाङलाई अभियोगबिनै यतिका दिनसम्म कारागारमा थुनिएको आजको अन्नपूर्णमा समाचार छ ।

उनलाई सुन भन्सार चोरी पैठारीको आरोपमा तिब्बतसँग सीमा जोडिएको रसुवागढी नाकाबाट जेठ ३० गते पक्राउ गरिएको थियो । पक्राउ परेको भोलिपल्ट उनलाइृ राजश्व अनुसन्धान विभागमा उपस्थित गराइयो । प्रहरीले उनलाई पक्राउ गरेको मितिसहितको पक्राउ पूर्जिसमेत दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण