गृहपृष्ठ » पत्रपत्रीका, समचार, स्वास्थ्यकरोडौंका सामान २६ हजार ५ सयमा लिलाम

करोडौंका सामान २६ हजार ५ सयमा लिलाम

September 9, 2016५४१ पटक

२४ भदौ, काठमाडौं । जिल्ला अस्पताल खोटाङमा मर्मत गर्दा काम लाग्ने महँगा उपकरणलाई कौडीको रुदाममा लिलाम गरिएको छ । मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको हो ।

hospital5

जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरण गत फगुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौंका उपकरणलाई कौडीको भाउमा बिक्री गरिेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ ।

जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेका उपकरणहरु मर्मत गरेर सामुदायिक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् ।

सस्तो मूल्यमा जिल्ला अस्पतालका उपकरण सामुदायिक अस्पतालमा पुर्‍याइएपछि मिलेमतोको आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण