गृहपृष्ठ » मुख्य समाचार, राजनीतिहिन्दुराज्य पुनर्स्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्छः थापा

हिन्दुराज्य पुनर्स्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्छः थापा

September 9, 2016२३५ पटक

२४ भदौ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलहरुको मागअनुसार संविधान संशोधन हुने भए आफूहरुको मागअनुसार पनि हिन्दुराज्य पुनर्स्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने बताएका छन् ।

kamal-thapa-3

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘संविधान संशोधन गर्ने भए हिन्दुराज्य पुनर्स्थापना गर्नुपर्छ र धर्मनिरपक्षेता खारेज गर्नुपर्छ । नभए जनमत संग्रहमा जान पनि तयार छौं ।’

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि थापा बुटवल आएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले बिहीबार संसदमा गरेको सम्बोधनलाई सस्तो लोकपि्रयता भनेर टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण