गृहपृष्ठ » मुख्य समाचार, समचारछुट्टा छुट्टै घटनामा कपिलवस्तुमा दुईको मृत्यु, तीन घाइते

छुट्टा छुट्टै घटनामा कपिलवस्तुमा दुईको मृत्यु, तीन घाइते

September 9, 2016२५३ पटक

२४ भदौ, कपिलवस्तु । कपिलवस्तुमा भएको छुटाछुटै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ ठाटि डाडामा विहिवार साझ करिब ७.३० वजेको समयमा वर्ष २५ का तिलकराम थारुले छिमेकि वर्ष ४४ का कन्हैयाप्रसाद थारुको कोदालो प्रहार गरि हत्या गरेका छन् ।

अत्याधिक मदिरा सेवन गरेका थारुले छिमेकि थारुलाई सामान्य विवादका कारण शरिरमा पटक पटक कोदालो प्रहार गरि घाइते वनाएका थिए ।

हत्यारालाई प्रकाउ गरि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको र थप विवरण आउन वाकि रहेको इलाका प्रहरि कार्यलय पिपराका प्रहरि निरीक्षक विष्णुप्रसाद पोख्रलले जानकारी दिए ।

716201694138_accident

यस्तै कपिलबस्तुको शिवराज न.पा १ रेञ्जर पोष्ट नजिकै गएराति ९ बजेतिर बसले मोटरसाइकल लाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । एक जना पैदल यात्रि गम्भीर घाइते भएका छन् ।

पश्चिमतर्फ बाट पूर्व आउदै गरेको रा ३ प ९५४५ नम्वरको मोटरसाइकल र सोही दिशाबाट आउदै गरेको पैदल यात्रुलाई बिपरीत दिशाबाट जादै गरको लु १ ख ७२८३ नम्वरको वसले ठक्कर दिँदा मोटरसाइकल चालक दाङ लालमटिया बस्ने बर्ष २६ को प्रेम नेपालीको उपचारको लागि चन्द्राैटा मा रहेको सञ्जीबनी समुदायिक अस्पातल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।

घाइते हुनेमा शिवपुर निवासी ४० बर्षीया नख्खु थारु रहेको वडा प्रहरी कार्यलय चन्द्राैटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिए ।

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको खरेन्द्रपुर देउराली मोडमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।
पश्चिम वाट पुर्व तर्फ गईरहेको से३प २९८२ नम्वरको मोटरसाईकल दुर्घटनामा परि कन्चनपुर श्रीपुरका २६ वषिर्य विमल तिवारी र नेपालगन्ज ४ की २० वषर्ीया अस्मीता खडका गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईते दुवैको वुटवल उपचार भैरहेको छ । घुमाउरो वाटोमा अन्यन्त्रीत भएर मोटरसाईकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण