गृहपृष्ठ » विशेष, समचार, स्वास्थ्य“ सरनटाडीको नयाँ पहिचान -भान्साभित्रको धुवाँ मुक्त गाउँ ”

“ सरनटाडीको नयाँ पहिचान -भान्साभित्रको धुवाँ मुक्त गाउँ ”

September 9, 2016४७१ पटक

रुपन्देही जिल्लाको बुटवल शहरबाट १३ किलोमिटर पूर्व महेन्द्र राजमार्गको बाटो हुदैं करीब ४५ मिनेट जंगल र खोलाको पैदल यात्राबाट पुगिने ठाउँ हो सरनटाँडी गाउँ , देवदह नगरपालिकाको वडा नं.–७ मा रहेको सरनटाँडी गाउँमा १०१ घर मगर जातीको, १ घर नेवार र २ घर ब्राह्मण जातीको गरी जम्मा १०४ घरधुरी र ४२८ जनसंख्या रहेको छ । मगरजातिको बसोबास भएकोले गर्दा यहाँको अधिकांश मानिसहरु मगरभाषा नै बोल्ने गर्दछन् ।

sam_8037 गाउँलाई चारै तिरबाट चुरेक्षेत्रको वनले घेरेको छ । यस क्षेत्रको खाना पकाउने मुख्य ईन्धनको स्रोत भनेको दाउँरा नै हो । यहाँ प्रति घर प्रति दिन १५ किलो दाउँराको दरले पनि १,५६० किलो दाउँरा खपत हुने गर्दछ । यसै हिसाबले महिनाको ४६,८०० किलो र बर्षको ५,६१,६०० किलो दाउँरा खाना पकाउनका लागि मात्र खपत हुने गर्दछ । यसरी हिसाब गर्ने हो भने चारैतिर वनले घेरीएको गाउँ अबको केही बर्षमा नै उजाड हुन सक्दछ ।

dsc04702
यसै सन्दर्भमा नेपाल अविनास सामाजिक सेवा संस्थाले सरनटाँडी गाउँमा सामुदायिक कार्वन उत्सर्जन न्युनिकरण परियोजना अन्र्तगत देवदह नगरपालिका,सरनकालिका सामुदायिक वन र समुदायसंग मिलेर वातावरण संरक्षण र कार्वन न्यूनिकरणका लागि सुधारीएको चुलो निमार्ण कार्यक्रम संचालन गरेको थियो ।


sam_8017शुरुमा सुधारीएको चुला निमार्णका लागि छलफल हुदाँ गाउँका मानिसहरुले खासै चासो र वास्ता देखाएका थिएनन् । गाउँबाट वन नजिकै भएकोले गर्दा दाउँराको समस्या नपर्ने बताएका थिय । तर गाउँलेहरुलाई सहभागी गराई बैठक राखेर सचेतनामूलक कार्यक्रम मार्फत सुधारीएको चुलाको प्रयोगले दाउँराको खपतमा ३०/४० प्रतिशत सम्म कमहुने कुरा, मानिसको श्वासप्रश्वास स्वास्थ्यमा फाईदा पु¥याउने र घरलाई कालोहुनबाट जोगाई गाउँको समेत रौनक बढाउने कुरा बुझाईयो जस्ले गर्दा समुदायका मानिसहरु सुधारीएको चुला निमार्ण तर्फ आर्कषित भएको संस्था कार्यक्रम संयोजक बिनोद कुमार खातीले बताउनुभयो । त्यसपश्चात संस्थाले सुधारीएको चुलो निमार्णका लागि गाउँमा रहेका १०४ घरधुरीलाई सुधारीएको चुलामा लाग्ने सामाग्रीहरु सहयोग गर्ने ,सरनकालिका सामुदायिक वनले प्रति चुला रु १०० आर्थिक सहयोग गर्ने र प्रतिघरले रु ३०० संगसंगै माटोका ईट्टा बनाउने कार्य सम्पन्न गरी सरनटाँडी क्षेत्रका तल्लो सरन,माथिल्लो सरन र मन्दीरटोलका प्रत्येक घरमा सुधारीएको चुला निमार्ण कार्य सम्पन्न भयो । र गाउँलेहरुकै पहलमा गाउँलाई भान्सा भित्रको धुँवा मुक्त नमुना गाउँ घोषणा गर्नका लागि देवदह नगरपालिकाका अधिकृत गणेश घिमिरेको प्रमुख आतिथ्यता र,यूनाईटेड मिशन टु नेपाल रुपन्देही कलष्टरका टिम लिडर बिशालबाबु श्रेष्ठ, यूनाईटेड मिशन टु नेपाल थापाथली काठमाडौका जिविकोपार्जन कार्यक्रम टिम लिडर सुरेर भट्टराईको विशिष्ट आतिथ्यतामा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,पत्रकारहरु,अन्य सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एंवम् प्रतिनिधिहरुको सहभागितामा २०७२ चैत्र ३० गतेका दिन सरनटाँडी गाउँलाई भान्सा भित्रको धुवाँ गाउँ घोषणा गरीयो । जसले सरनटाडीको नयाँ पहिचान बनाएको छ ।

sam_7997

देवि राना कालिका बुहारी समुह सचिव

साच्चै नै सुधारीएको चुलोमा खाना पकाउँदा दाउँराको खपत कम हुने रहेछ शुरुमा त म आफैलाई पनि यसको प्रयोग गर्न असहज लागेको थियो विस्तारै बानी परेपछी त धेरै सजिलो भएको छ । होमस्टे संचालनका लागि तयारी भईरहेको हाम्रो गाउँमा भान्सा भित्रको धुवा मुक्त घोषणाले गर्दा त अलि फरक पन ल्याएको छ । नगरपालिका,महिला संजाल वडा नागरिक मंच आदिका विभिन्न बेठकहरुमा सुधारीएको चुला र भान्सा भित्रको धुवा मुक्त गाउँ सरनटाडीको नाम सुन्दा गर्व लाग्दछ । त्यसकारण हामीहरु पनि हाल गाउँको सरसफाई,वन तथा वातावरण संरक्षण र पर्यटकिय विकासका लागि एकबद्ध भएका छौ । हप्तामा १ दिन अनिवार्य गाउँको सरसफाई गर्ने,फोहोरमैला व्यवस्थापन गर्ने ,दैनिक चर्पी सफा गर्ने जस्ता कार्यहरु गर्ने गरेका छौ । यसका लागि नेपाल अविनाश सामाजिक सेवा संस्थालाई विशेष धन्यबाद दिन चाहान्छु । जस्ले हाम्रो गाउँको अर्को पहिचान बनाउनका लागि महत्वपूर्ण भुमिका निभाएको छ ।

भिम बहादुर सिंजाली अध्यक्ष ,सरनकालिका सामुदायिक वन

हरेक सामुदायिक वनले आफ्नो २५ प्रतिशत आम्दानीलाई समुदाय विकासको कार्यमा खर्च गर्नुपर्ने हुन्छ । हाम्रो सामुदायिक वनले सुधारीएको चुला र वृक्षारोपण कार्यमा लगानी गरेको जस्ले गर्दा आफ्नै गाउँ र गाउँबासीहरुलाई प्रत्यक्ष फाईदा पुगेको छ । भने बर्षमा हिसाब नै गर्ने हो भने पनि करिब १५० टन जति दाउँराको खपतमा कमि अउनेछ ।

लाल कुमारी थापा अध्यक्ष लाङ्गाली आमा समूह :

विभिन्न बैठक हरुका कारण ढिलो खाना पर्ने खाना त जहिले पनि चिसो हुन्थ्यो बुढी मान्छे चिसो खाना नमिठो लाग्ने पेट सधैभरी गडबड हुने सुधारीएको चुलामा त खाना तातो रहिरहने भएकाले बल्ल तात्तातो खाना पाएको छु पेटको समस्या पनि चट भएको छ ।

फुलमाया राना महिला स्वास्थ स्वयंसेविका सरनटाँडी

सुधारीएको चुलोले बिशेष गरेर महिला तथा बालबालिकाको स्वास्थमा प्रतक्ष्य फाईदा पु¥याउने हुदा मैलै बच्चाहरुको खोप लगाउदा ,महिलाहरुलाई परामर्श दिदा र स्वएम् सेविकाहरुको बैठकमा समेत सुधारीएको चुलाको निमार्ण र प्रयोगबारे बोल्ने गरीकी छु । यसका साथै देवदह नगरपालिकालाई भान्साभित्रको धुवाँ मुक्त घोषणका लागि समेत पहल गरीकी छु ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण