गृहपृष्ठ » मुख्य समाचार, समचारनाचगानमा हिडेका ब्याक्ति मृत अवस्थामा फेला

नाचगानमा हिडेका ब्याक्ति मृत अवस्थामा फेला

September 9, 2016१६० पटक

दिपक नेपाली/रेडियो गुल्मी,गुल्मी भदौ २३ गते । जिल्लाको जैसीथोक गा वि स वडा नं ५ निवासी ३७ वर्षिय जनक पोखरेल बिहीवार साझ जैसीथोक गा वि सको वडा नं ४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन ।

death-body
यहि भदौ २१ गते साझ घरवाट नाचगानमा हिडेका जनक घरनफर्किदा घरपरिवारले खोजी गरिदिन स्थानिय वाशीहरुसंग आग्रह गरेका थिए ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाईहरुसंग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको रावलले जानकारी दिनुभएको छ । रावलका अनुसार अत्याधिक मदिरा सेवन गरी भिरवाट लडेको हुन सक्ने वताईएको छ । झगडा गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको छ । शवलाई पोष्ट मापनका लागी जिल्ला अस्पतालमा ल्याईदै छ ।
यसै वीच गुल्मीको अर्वेनी गा वि स वडा नं ६ की वर्ष ८२ वर्षिय अंबिका न्यौपाने यहि भदौ १९ गते देखी वेपत्ता भएकी छिन ।
न्यौपाने १९ गते साझदेखी सम्पर्कमा नभएको परिवार स्रोतले जानकारी दिएको छ । उनको खोजीका लागी स्थानियहरु दिन रात लागीपरेको स्थानिय प्रकास पाण्डेले जानकारी दिनुभएको छ । यता जिल्ला प्रहरी कार्यलय गुल्मीले भने उनको खोजी कार्यमा प्रहरी लागीरहेको वताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण