गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारयुएइमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रलाई निर्देशन

युएइमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रलाई निर्देशन

September 9, 2016२४५ पटक

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले युएइमा अलपत्र परेका नेपाली सुरक्षा गार्डहरुलाई छिटो उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

uaeसारजहास्थित सनैया-३ लेबर क्याम्पमा बस्दै आएका ३० जना नेपालीहरुले कम्पनिले तीन महिनादेखि तलब नदिएको र आफूहरु बिचल्लीमा परेको भन्दै उद्धारको अपिल गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर ति सुरक्षा गार्डहरुलाई छिटो उद्धार गर्न भनेको हो ।

प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार गरी नेपाल ल्याउने व्यवस्था हुन र सोको जानकारी यस कार्यालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले विदेशमा दुःख पाएका र अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गर्न परराष्ट्र मन्त्रालयका सचिवलाई टेलिफोन गरी निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण