गृहपृष्ठ » मुख्य समाचार, समचारत्रिशुलीमा डुबेर ट्रक वेपत्ता, चालक र सहचालकको अवस्था पनि अज्ञात

त्रिशुलीमा डुबेर ट्रक वेपत्ता, चालक र सहचालकको अवस्था पनि अज्ञात

September 9, 2016१८९ पटक

२४ भदौ, चितवन । चितवनको दारेचोक-३ घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर एउटा ट्रक र त्यसमा सवार व्यक्तिहरु वेपत्ता भएका छन् ।

trisuli

File Photo

शुक्रबार बिहान करिव साढे ११ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ३ ख ६०१७ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो ।

सो ट्रकको चालक दाङ जिल्लाको लालमटिया गाविस मौरीघाट बस्ने कालीप्रसाद चौधरी र सहचालक प्युठानका लाले मगर रहेको खुलेको छ । उनीहरुको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । ट्रकमा अन्य यात्रु भए-नभएको खुलेको छैन ।

ट्रक त्रिशुली नदीको पानीमा पूरै डुबेकाले खोजी कार्यमा समस्या भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण