गृहपृष्ठ » मुख्य समाचार, समचारप्रहरीबाट ७३ वर्षीय वृद्ध निर्घात कुटिए

प्रहरीबाट ७३ वर्षीय वृद्ध निर्घात कुटिए

September 9, 2016२२३ पटक

२४ भाद्र,रुकुमः नेपाल प्रहरीले देशभर मुस्कानसहितको सेवा र प्रहरी मेरो साथी अभियान चलाइरहेका बेला रुकुममा प्रहरीबाटै एक वृद्ध निर्घाट कुटिएका छन् ।

अस्थायी प्रहरी चौकी मुसीकोट नगरपालिका–१ बागबजारका दुई प्रहरी जवानले विहीवार साँझ स्थानीय एक वृद्धलाई कुटपिट गरेका छन् ।

police

उनीहरुले स्थानीय ७३ वर्षीय सुकराम विकलाई निर्घात कुटपिट गरेका हुन् । प्रहरीको कुटाईबाट बिकको मुख र शरीरका अन्य भागमा भोट लागेको उनकी बुहारी भिमा बिकले बताइन् ।
कुटपिटबाट घाइते भएका बिकको जिल्ला अस्पताल सल्लेमा उपचार गरिएको छ । मदिरा पिएका विकले अदालतका कर्मचारीलाई दुर्व्यवहार गरेको जानकारी आएपछि प्रहरी जवान उनकै घरमा गएर कुटेका छिमेकीले बताए ।

प्रहरी पोष्ट बागबजारका ईन्चार्ज भुपेन्द्र खत्रीले प्रहरी जवानहरुले वृद्धमाथि हातपात गरेर गल्ती गरेको स्वीकार्दै उनको उपचार र कुटपिटमा संलग्न प्रहरी जवानलाई माफी माग्न लगाएर समस्या समाधान गर्नुपर्ने बताए ।

तर कुटपिट गर्ने प्रहरी जवानको नाम भने उनले नाम बताउन चाहेनन् । प्रहरी सादा पोशाकमा गएका कारण स्थानीयहरुले पहिचान गर्न नसकेको बताइएको छ ।

पीडितका आफन्तजनहरु सामुहिक रुपमा केहीबेर प्रहरी पोष्ट्मा आएर दोषी प्रहरीलाई कारबाहीको माग गरेका थिए । कुटपिटपछि प्रहरी पोष्टमै राखिएका वृद्धलाई आफन्तसँग भेट्न नदिई उपचार गर्न भन्दै गाडीमा हालेर जिल्ला अस्पताल सल्लेमा लगिएको थियो ।

‘ससुराले खाएको बेला केही बोल्नु भयो होला । तर त्यसरी बोल्दैमा प्रहरीले घरमै आएर कुट्न पाईन्छ र ?’ उनकी बुहारी भिमाले भनिन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण