गृहपृष्ठ » मुख्य समाचार, समचारयादवको हत्याको अभियोगमा थप दुई पक्राउ

यादवको हत्याको अभियोगमा थप दुई पक्राउ

September 9, 2016२२० पटक

२४ भाद्र,विराटनगर: अक्सफोर्ड होम होस्टल सञ्चालक २१ वर्षीय विनोद यादवको हत्याको अभियोगमा थप दुई जनालाई पक्राउ गरिएको छ ।

death

काटिएको अवस्थामा खुट्टाको भाग

पक्राउ पर्नेमा सिरहा, गोलबजार बस्ने १९ वर्षीय कमलदेव दास र धनगढी–४ बस्ने १९ वर्षीय तितेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यादवको विराटनगर–१३ स्थित एक घरमा यादवको यही भदौ २१ गते बिहान वीभत्स ढङ्गले हत्या भएको थियो ।

यो हत्या अभियोगमा सोही दिन प्रहरीले सिरहा, पिपरा प्रपि–७ घर भई हाल विराटनगर–१३ बस्ने २१ वर्षीय राकेशकुमार यादव र सिरहा, सोठिआइन बस्ने १७ वर्षीय कृष्णकुमार यादव तथा सप्तरी, मोंवाहा–९ बस्ने जीतेन्द्रकुमार साहलाई पक्राउ गरेको थियो ।

सबै अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी म्याद थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण