गृहपृष्ठ » मुख्य समाचार, समचारभैरहवामा ५६१ लिटर अखाद्य पेय पदार्थ नष्ट

भैरहवामा ५६१ लिटर अखाद्य पेय पदार्थ नष्ट

September 9, 2016४७१ पटक

सलमान खान/२४ भदौ, भैरहवा । रुपन्देहीको भैरहवामा ५६१ लिटर अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । बजार अनुगमनको क्रममा लुम्बिनीका विभिन्न पसलहरुबाट बरामद म्याद नाघेका अखाद्य पेय पदार्थ नष्ट गरिएको हो ।

cold-drinks

पर्यटकिय स्थल लुम्बिनीमा गरिएको अनुगमनको क्रममा बुद्ध मिनी मार्केट, मिनी मार्ट महिलवार, केपी मिनी मार्ट र जय श्री कृष्णा टेड्रसबाट म्याद नाघेका पेय पदार्थ (फेन्टा, कोकाकोला, स्प्राइट) अद्याख अचार, दालमोठ र खाने तेल बरामद गरी नष्ट गरिएको वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्ययले बताए ।

उनले पसल सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतावनी दिइएको र पुनः अखाद्य बस्तुको बिक्री वितरण गरेको पाइएमा कडा कारवाही गरिने बताए ।

अनुगमनको क्रममा पसल नविकरण म्याद सकिएको, मूल्य सूची उपभोक्ताले देख्ने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई चेतावनी दिइएको वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख उपाध्ययले बताए ।

साथै उनले उपभोक्ता पनि सचेत हुन र बजारमा कालोबजारी, अखाद्य बस्तुहरुको विक्री वितरण भएको थाहा पाएमा सूचना दिन पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण