प्रधानमन्त्रीलाई उपेन्द्रको सुझाव : आन्तरिक समस्या हल गरेर भारत जान उपयुक्त
काठमाडौं, २४ भदौ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ले भारत जानु उपयुक्त हुने बताएका छन् ।
अान्तरिक समस्या हल नगरी प्रधानमन्त्रीले भारत भ्रमणमा जानुकाे औचित्य नरहेकाे उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘मुलुकका बर्निङ् ईस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।’
शुक्रबार राजधानीमा अायाेजित एक कार्यक्रममा अध्यक्ष यादवले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्विपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए ।
प्रधानमन्त्री दाहालले भारत जानु अघि जनताई सुसूचित गर्नु पर्ने उनकाे भनाइ छ । अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाए । यादवले भने,‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि ।’