‘प्रचण्डजी मयुरजस्तै नाच्नुभयो’-केपी ओली
२४ भाद्र, ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गरेको सम्बोधनलाई ‘मयुर नाच’को संज्ञा दिएका छन्।
प्रचण्ड सरकारप्रति आक्रामक देखिएका शुक्रबार राजधानीमा आयोजित शुक्रबार ‘राष्ट्रको समृद्धिमा युवाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया, मेड इन चाइना लेखिएको स्मरण गराउँदै डिजाइन इन सम ह्वेयर, एसेम्बल इन नेपाल … भने जस्तै अहिलेको सरकारक बनेको आरोप लगाए।
ओलीले बिहीबार संसदमा जनताको नाममा सम्बोधन गरेका प्रधानमन्त्री दाहाल मयुरजस्तै नाचेको भन्दै व्यंग्य गरेका थिए। ‘केके भन्नुभो भन्नुभो पत्तै पाइएन,’ ओलीले भने, ‘न भारत भ्रमणबारे केही बोल्नुभयो, न त चीनका राष्ट्रपतिको स्थगित भ्रमणबारे नै चुहाउनुभो,’ उनले भने, ‘हिजो एउटा भाषण भनौं कि मयुर नाच सुन्यौं।’
भारतसँग राम्रो सम्वन्ध बनाउने कुरा गरेको भन्दै उनले आफूले भन्दा राम्रो सम्झौता गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौतिसमेत दिए। ‘राम्रो सम्झौता गरेर देखाउनुपर्यो देशहितको पक्षमा। ‘तर, मयुर नाचले काम चल्दैन अब,’ उनले भने।
‘कुलो काट्ने सरकार’को संज्ञा दिएका उनले आफूहरुले सहमतिको आशा गरे पनि अब भर नहेको बताए।