गृहपृष्ठ » समचारउदयपुरमा खोलाले बगायर दुइ को मृत्यु

उदयपुरमा खोलाले बगायर दुइ को मृत्यु

September 10, 2016२२४ पटक

खेमराज दाहाल
उदयपुर २५ भदौ

उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा सुक्रबार खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुगाधन ढकाल र सप्तरी प्रसवनि ९ घर भई रामपुरठोक्सिला २ बस्ने २९ वर्षिया सुनिता मरिक रहेको प्रहरीले जनाएको छ ।

ढकाललाई सुक्रबार दिउसो १ बजेतिर वस्तु चराउन जाँदा स्थानीय सेती खोलामा आएको बाढिले बगाएर मृत्यु भएको हो ।

त्यस्तै मैनामैनी ९ स्थित बगुन्द्रो खोला तर्नेक्रममा खोलाले बगाई बेपत्ता भएकी मरिक अपरान्ह साढे १ बजे मृत अवस्थामा फेला परेको छ । मरिकलाई स्थानीय प्रहरी र गाउँलेले खोला किनारमा मृत फेला पारेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटि गएको प्रहरीद्वार कानूनी प्रकृया सम्पन्न गरी दुबैको शव पोष्टमार्टमका लागी पठाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण