गृहपृष्ठ » समचारदाङमा प्रहरीको गोलीबाट एक घाइते, पाँच पक्राउ

दाङमा प्रहरीको गोलीबाट एक घाइते, पाँच पक्राउ

September 10, 2016२२९ पटक

 तुलसीपुर, भदौ २५

दाङमा प्रहरीको गोलीबाट एक गुन्डा नाइके घाइते भएका छन्। रामपुर–९ निवासी २७ वर्षीय दानबहादुर बुढा घाइते भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
12388175_1944281565796974_1821837738_n2
बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको एसपी सिंहले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार राति साढे १२ बजे तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला नजिकै पाँच जनाको संख्यामा रहेको गुण्डाहरूको समूह गस्तीमा रहेको प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको हो।
घटनास्थलबाट दुई थान खुकुरी र प्रहरीलाई आक्रमण गर्ने थप पाँच जनालाई पक्राउ गरिएको सिंहले बताए। पक्राउ पर्नेमा दाङको रामपुर गाविस वडा नं. ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाउँका १९ वर्षीय उपेन्द्र गिरी, २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं. १५का सागर श्रेष्ठ छन्।
सागर कटेज सञ्चालक हुन्। प्रहरीले थप एक जनालाई शनिबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको विजौरी निवासी ३५ वर्षीय मुकुन्द पौडेल छन्।
एसपी सिंहले गोली लागेर घाइते भएका बुढा यसअघि व्यापारीलाई फोनमा धम्की दिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिए। उनीहरू ग्वारखोलामा हुँदै आएको अबैध बालुवा गिट्टी उत्खनन्मा सघाउन आएका युवाहरू हुन् कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी सिंहले दिए।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण