गृहपृष्ठ » कृषितरकारी खेतीबाट आत्मनिर्भर बन्दै

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

September 10, 2016५५२ पटक
शनिबार, भदौ २५, मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् । बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका कारण खेतीपातीमा रुमल्लिने कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ ।
veg_main

विसं २०६५ देखि परम्परागत रुपले तरकारी खेती थालेका उनीहरुले सञ्चालन गरेको मिलन सहकारीको समन्वयमा २०७० देखि सक्षम जनजाति तरकारी उत्पादन कृषक समूह गठन गरी सामूहिक तरकारी खेती सुरु गरेका हुन् । समूहले गरेको प्रगति देखेर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सामूहिक तरकारी खेतीका लागि आठ लाख अनुदान समेत दिएको छ ।

यस्तो सहयोग पाएपछि एकै वर्षमा २७ लाख ४८ हजार ४७७ आम्दानी गर्न सफल भएको समूहका सचिव भीमबहादुर चौधरीले बताए । त्यस्तै विभिन्न सङ्घसस्था, जिल्ला कृषि विकास कार्यालय लगायतबाट समेत बीउबिजन र प्रविधिक सहयोग प्राप्त भएपछि आम्दानीमा समेत वृद्धि भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण