गृहपृष्ठ » मुख्य समाचार, समचारअर्घाखाँचीमा जीप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटनामा एक जनाको मृत्यु

August 19, 2015१६५ पटक

घनश्याम पौडेल,
अर्घाखाँची १ भदौ । अर्घाखाँचीको धारापानी गाविसमा गएराती भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
धारापानी गाविस वाड न. ७ ठुलाखर्क बाट वाड न. ५ को उपल्लापोखरा जादै गरेको लु१ज १७४७ नम्बरको जीप गैरामा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका धारापानी ७ का अन्दाजी २७ बर्षिय नारायण केसीलाई उपचारकालागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले बताएको छ । जीप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण