गृहपृष्ठ » राजनीतिएमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुन्छः मन्त्री भण्डारी

एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुन्छः मन्त्री भण्डारी

September 10, 2016१९९ पटक

भदौ २५  |   दीपक भट्टराई

नवलपरासी– वन मन्त्री शंकर भण्डारीले संविधान संशोधन प्रक्रियामा एमाले पनि सहभागी हुने बताएका छन् ।
मधेषी, आदिवासी जनजाति, थारु लगायतका समुदायको आन्दोलनलाई व्यवस्थापन गर्नका लागि संविधान संशोद्धन आवश्यकता रहेको बताउंदै त्यसमा एमाले पनि सहभागी हुने दावी गरे । minister-photo
मन्त्री भण्डारीले संविधान संशोद्धनका लागि एमालेसंग पनि छलफल भईरहेको र एमाले आफैपनि जिम्मेवार दल रहेकोले संविधान संशोधनबाट एमाले पछाडि हट्न नहुने जिकिर गरे ।
त्यस्तै आवश्यकता अनुसार कानुन परिवर्तन गरेर चुरे क्षेत्रमा परेका खोलाको निकासी खोल्ने बताएका छन्।
उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए। सरकारले देशभर चुरे क्षेत्रमा परेका खोलामा नदीजन्य वस्तुको निकासी रोकेको छ भने पछिल्लो समय नियम विपरित चलेको भन्दै नवलपरासी, रुपन्देही लगायत देशका अधिकांश जिल्लामा क्रसर उद्योगहरु पनि बन्द गरेको छ।
प्रेस युनियन नवलपरासीले शनिबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वन मन्त्री शंकर भण्डारीले यस्तो बताएका हुन्।
उनले चुरे संरक्षण पनि गर्दै जाने र चुरे संरक्षणको नाममा खोलामा नदीजन्य वस्तु थोपरिदै जांदा गाउंमा बाढी पस्ने खतरा भएकोले व्यवस्थित र वैज्ञानिक ढंगले वातावरणमा समेत असर नपर्ने गरी नदीजन्य वस्तुको निकासी खोल्ने बताए।
त्यस्तै वन क्षेत्रमा व्यापक अतिक्रमण भएको बताउंदै मन्त्री भण्डारीले अतिक्रमण रोक्न आफू लागू परेको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण