नवलपरासीमा हतियार सहित ३ युवा प्रहरीको फन्दामा परे
नवलपरासी, भदौं २५–
अबैद्ध हातहतियारसहित नवलपरासी क्षेत्र नम्बर–६ का ३ जना युवाहरु प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीले उनिहरुको साथबाट १ थान कटुवा पेस्तोल, ८५ राउन्ड गोली र १ थान चाकु बरामद गरेको छ । पक्राउ पर्नेमा गुठिसुर्यपुरा–७ बस्ने वर्ष १८ का सुनिल कमकर, पक्लीहंवा गाविस वडा नम्बर ४ बस्ने वर्ष १८ का अशोक कुश्वाहा र गुठि सुर्यपुरा बस्ने वर्ष १९ का सन्तोष कमकर रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
त्रिभुवन उच्च मावि बेलाटारीवाट कक्षा १२ को परीक्षा दिएका सुनिल कमकरले दैनिक जसो विद्यालयमा गई विद्यार्थि साथै शिक्षकहरुलाई डिस्टब गर्ने र झगडा गर्ने खोजेका थिए । आजपनि सुनिलले विद्यालयमा गई डिस्टब गरेको बेला विद्यालयका प्राचार्य बृजेश गुप्ताले प्रहरीले खबर गरेका थिए । त्यस पश्चात बेलाटारीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएको टोलीले सुनिललाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार अनुसन्धान गर्दा निजबाट ८५ राउन्ड गोली बरामद गरिएको हो भने थप अनुसन्धान गर्दा निजको साथी पक्लीहंवाका अशोक कुश्वाहाले प्रयोग गर्ने गरेको युपी ५० एयु २०६८ नम्बरको मोटरसाईकलमा रहेको डिग्गीबाट १ थान कटुवा पेस्तोल बरामद गरेको हो । यस्तै अर्का साथि सन्तोष कमकरवाट १ थान चाकु बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।