गृहपृष्ठ » सूचना प्रविधीधनगढी बजारमा पहिलोपटक सिसी क्यामरा जडान

धनगढी बजारमा पहिलोपटक सिसी क्यामरा जडान

September 10, 2016३९८ पटक

धनगढी,भदौ २धनगढी बजार क्षेत्रमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको छ ।

1929905_1646630268909325_1781429561306886582_n

आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको हो ।

सिसी क्यामरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको निगरानी गरी शान्ति, सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरीको छ ।

सर्वसाधारणको भीड एवम् चहलपहल बढी रहने स्थानीय ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई किलोमिटर लामो बजार क्षेत्रका १२ स्थानमा सिसी क्यामरा जडान गरी निगरानी अघि बढाइएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण