गृहपृष्ठ » समचारब्लड बैंक सञ्चालन को लागी दिएको रकम गायब (प्रमाण सहित)

ब्लड बैंक सञ्चालन को लागी दिएको रकम गायब (प्रमाण सहित)

September 10, 2016१६३ पटक

खेमराज दाहाल

भाद्र २५ शनिबार २०७३

उदयपुर / पाँच वर्ष अघि रोजगारीको शिलशिलामा मेलेसियामा रहेका उदयपुरे युवाले व्लड बैँक सञ्चालनको लागी जिल्ला रेडक्रस शाखालाई प्रदान गरेको तीन लाख गायब भएको रहस्य खुलेको हो ।img_20160910_180429

मलेसियामा रहेका उदयपुरे युवाको सँस्था प्रवासी एकता समाज सेवा मलेसिया सदस्य रामकुमार राईको नेतृत्वमा जिल्ला रेडक्रम शाखा उदयपुर सभापति बिनोद बस्नेतलाई तीन लाख हस्तान्तरण गरेपनि उक्त रकम गायब पारिएको बताए । राईले मलेसियामा रहेका उदयपुरे युवाले जिल्लामा व्लड बैङक सञ्चालन लागी अक्षय कोष खडा गर्न सहयोग स्वरुप ०६९ वैशाख ५ गते रकम हस्तान्तरण गरेका थिए ।img_20160910_180336img_20160910_180358img_20160910_180455

राईले पाँच बर्ष अघि सहयोग गरेको रकमले किन व्लड बैङक सञ्चालनमा आएन भन्ने कुरा सोधिखोजी गर्दा रकम गायब भईसकेको थाहा पाएको दुखेसो गरे । ‘मलेसियाबाट घर आएरपछि व्लड बैङक सञ्चालन आएको पाईन ।’ राईले भने– ‘किन आएन, कसरी आएन त्यो थाहा भएन तर रेडक्रस सभापतिलेनै रकम बेपत्ता पारेको पो थाहा पाए ।’ ब्लड बैङक सञ्चालनमा नआएपछि अहिले राई पैसा फिर्ता माग गरेका छन् । सेवा समाजका प्रतिनिधि भएर आएका राईले ०७३ साउन २५ गते व्याज सहित पैसा फिर्ता पाँउ भनि रेडक्रसमा निवेदन दिएका छन् । ‘रेडक्रसका सभापति बस्नेतलाई भेट्दा के गर्छौ भन्दै धम्क्याउने काम गर्छन ।’ राईले भने, ‘अनि कसरी पैसा बेपत्ता नपारेको भन्ने त ? सभापतिले जिम्मेवारी जवाफ नै दिएका छैनन ।’img_20160910_180542

राईका अनुसार ०६८ भदौ २४ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी बीरबहादुर राईको नेतृत्वमा जिल्ला जिल्ला बिकास समितिको कार्यालयमा बसेको बैठकमा ब्लड बैङक सञ्चालन समिति गठन गरिएको थियो । त्यही बैठककले माईनोटको आधारमा प्रवाशी एकता समाज सेवा मलेसियले जम्मा पाँच लाख सहयोग गर्ने भनि तीन लाख दिई बाँकी दुई लाख पछि अर्को किस्तामा दिने सहमति गरिएको समेत बताए । बैठकमा ब्लड बैङक व्यवस्थापन समिति गठन, ब्लड बैङक सेवा सञ्चालन प्रक्रियाको सम्बन्धमा र अक्षय कोषको सम्बन्धमा निर्णय भएकाले प्रवाशी एकता समाज सेवा मलेसियाले सहयोगको प्रतिबद्धता दिएको थियो ।img_20160910_180512

नेकपा एमालेका नेता तथा उदयपुरका समाजसेवी बलदेव चौधरीको संयोजकत्वमा १७ सदस्य बैठकमा ब्लड बैङक व्यवस्थापन समिति गठन गरेपनि हाल बेखवर भएका छन् । प्रजिअ राईको नेतृत्वमा बसेको सर्वदलिय बैठकले चौधरीको नेतृत्वमा बनाएको समितिले ब्लड बैङक सञ्चालनको लागी स्रोत साधन खोज्ने, मलेसियाबाट प्रप्त तीन लाख बढेर पाँच लाख हुने भएपछि अक्षयकोष तत्कालिन निर्माण गर्ने लगाएका निर्णय भएका थिए ।

एकता समाज सेवा मलेसियाको तर्फबाट जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा ब्लड बैङक सञ्चालन तथा अक्षय कोष सञ्चालनमा एक सयभन्दा बढी युवाले पैसा संकलन गरी तीन लाख पठाएका थिए । जिल्ला ब्लड बैङकको भवन बनेपनि सञ्चालनमा नआएपछि सञ्चालन ल्याउनको लागी सहयोग गरेको रकम रेडक्रसका सभापति बस्नेतले बेपत्ता पारिदिएको खबरले दुखी बनाएको प्रवासी एकता समाज सेवा मलेसियाका अध्यक्ष दिलिप राईले बताए ।

यता रेडक्रसका जिल्ला सभापति बिनोद बस्नेतले तत्कालिन प्रमुख जिल्ला अधिकारी बीरबहादुर राईको अध्यक्षतामा बसेको बैठकबाट रकम लिएको बताए । सभापति बस्नेतले मलेसियामा बस्ने एकसय पचास युवाले पठाएको रकम एक जनाले माग्दैमा नदिने समेत ठोकुवा गरेका छन् । ब्लड बैङ्क सञ्चालनमा आएपछि तीन लाखनै लगाउने तयारी समेत गरिएको छ । ‘मलाई एकजनाले फिर्ता माग्दै दिने अधिकार छैन ।’ सभापति बस्नेतले भने, ‘प्रवासी एकता समाज सेवा मलेसियाबाटै रकम नदिनु भनि पत्र आएको छ ।’ सँस्थाले निवेदन पठाएर पैसा मागे सिडिओ सहित बैठक राखेर पैसा फिर्ता दिने समेत बस्नेतले बताए । ‘दुनियँले उठाएको चन्दा कसरी फिर्ता हुन्छ ?’ सभापति बस्नेतले प्रश्न गर्दै भने, ‘दशैँको तिहार लगतै ब्लड बैङक सञ्चालन गर्ने तयारी गरिएको छ ।’

प्रवासी एकता समाज सेवा मलेसियाका प्रतिनिधि रामकुमार राईले सभापति बस्नेतले बारम्बार भुक्याउने गरेको बताएका छन् । ‘मलेसियाबाट सँस्थाले रकम फिर्ता गरि अन्य समाजिक काममा लगाउने निर्णय समेत गरेको छ ।’ राईले भने, ‘बस्नेतले विभिन्न कुरा गरेर आफ्नो बचाउ समेत गर्दै आएका छन् ।’ राईको भनाईमा बस्नेतलाई विभिन्न समयमा सम्पर्क गर्दा ब्लड बैङकको कुरा टर्दै आएका छन् ।

जिल्लामा निर्माण कार्य सम्पन्न रहेको ब्लड बैङ्कको भवन बर्षौ बित्दा समेत सरोकारवाल निकाय मौन बसेकाले सञ्चालनमा आउन सकेको छैन । स्थानीयले ब्लड बैङक टाठाबाठालाई मागी खाने भाँडो भएको आरोप लगाँउँदै आएका छन् । भवन निर्माण भएको एक दशक बितिसक्दा पनि उदयपुरमा ब्लड बैक संचालन हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । वर्ड भिजन ईन्टरनेसनलका साझेदार संस्थाको आयोजनामा गाईघाटमा सम्पन्न रक्तदान कार्यक्रममा चाडो भन्दा चाडो संचालनमा ल्याउन माग समेत गरेका थिए । भवन बनेको बर्षौ हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण