गृहपृष्ठ » पत्रपत्रीका, सूचना प्रविधीनेपालमा इन्टरनेट महँगो !

नेपालमा इन्टरनेट महँगो !

September 11, 2016४०३ पटक
आइतबार, भदौ २६, २०७३

 
नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् ।
यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।  तर, पनि नेपालमा इन्टरनेट सेवा महँगो छ ।अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो रहेको आजको अन्नपूर्णमा समाचार छ ।
शुल्क महँगो भएपनि त्यसअनुसारको सेवा उपलव्ध छैन । तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् ।नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुन नै इन्टरनेट शुल्क महँगो हुनेका प्रमुख कारण हो ।
एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो ।नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण