गृहपृष्ठ » मुख्य समाचार, समचारबाँकेमा अझैं स्थानीय निकायको संख्या टुंगो लागेन

बाँकेमा अझैं स्थानीय निकायको संख्या टुंगो लागेन

September 11, 2016१९३ पटक

 

banke

बांके,भदौ २६-

बाँकेमा अझैं स्थानीय निकायको संख्या र सीमांकनको टुंगो लाग्न सकेको छैन । दलैपिच्छे फरक फरक प्रस्ताव आएपछि बाँकेमा स्थानीय निकायको टुंगो लगाउन हम्मेहम्मे परेको हो । स्थानीय निकाय पुनःसंरचना प्रस्तावबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भोलीसम्म सीमांकनको टुंगो लगाउन निर्देशन दिएपनि स्थानीय निकायको संख्या र सीमांकनको टुंगो लागेको छैन ।

मन्त्रालयले परिपत्र जारी गर्दै   आइतबार भित्र आवश्यक प्रक्रिया पूरा गरी प्रस्ताव पठाउन निर्देशन दिएको छ । आइतबार सम्म संख्या र सीमांकनको काम टुंग्याउन परिपत्र आएपछि भोली नै जिल्लामा सर्वदलीय, सर्वपक्षीय बैठक डाकेर निष्कर्षमा पुग्ने तयारी गरिएको बाँकेका स्थानीय निकाय पुनर्संरचनाका लागि प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताउनुभयो । बाँकेमा जनसंख्याका आधारमा एक उपहानगरपालिका, एक नगरपालिका र ५ गाउँपालिका बन्न सक्ने प्राविधिक समितिका संयोजक भुषालको भनाई छ ।

नेकपा माओवादी केन्द्रले भने ११ वटा इकाई प्रस्ताव गरेको छ । आफ्नो पार्टी १ उपमहानगरपालिका, २ वटा नगरपालिका र ८ गाउँपालिका हुनुपर्ने अडानमा रहेको केन्द्रका संयोजक आइपी खरेलले बताउनुभयो । काँग्रेसले कम्तिमा ७ वटा स्थानीय निकाय हुनुपर्ने मत राखेको सचिव तप्त पौडेलले बताउनुभयो । १ उपमहानगरपालिका, १ नगरपालिका र ५ वटा गाउँपालिका आफ्नो पार्टीको बटमलाइन भएको पौडेलको भनाई छ । एमाले अध्यक्ष अशोक कोइरालाले पनि १ उपमहानगरपालिका, १ नगरपालिका र ५ वटा गाउँपालिका गरी ७ स्थानीय निकाय हुनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण