श्रीमतीको हत्या गर्नेलाई जन्मकैद
अर्घाखाँची, भदौ २५ – श्रीमतीको हत्या गर्ने अर्घाखाँची जिल्लाको खन गाविसका श्यामबहादुर बिकलाई अर्घाखाँची जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।
शुक्रबार जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले श्रीमती राधिका बिकको हत्या गरेको भन्दै ज्यान सम्बन्धी महल अनुसार उनलाई जन्म कैदको फैसला गरेको अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो । श्यामबहादुरलाई शुक्रबार नै कारागार चलान गरिएको छ ।