गृहपृष्ठ » समचारचितवनमा स्थानीय रुटका सवारी नचलेपछि यात्रुहरु मारमा

चितवनमा स्थानीय रुटका सवारी नचलेपछि यात्रुहरु मारमा

September 11, 2016१३२ पटक

चितवन, भदौं २६–

चितवनमा यातायात व्यवसायीहरुले आज स्थानीय रुटको सवारी साधन संचालन बन्द गरेको छ ।

1929905_1646630268909325_1781429561306886582_n प्रहरीले ११ जना यातायात व्यवसायीलाई शनिबार पक्राउ गरेपछि त्यसको विरोध स्वरुप आज स्थानीय रुटका सवारी साधन अवरुद्ध पारेको हो । स्थानीय रुटका सवारी साधनहरु नचलेपछि यात्रुहरु मर्कामा परेका छन् ।
राजमार्गमा सवारीसाधनको आवागमनमा अवरोध पुर्याएको भन्दै प्रहरीले विभिन्न यातायात समिति अध्यक्षहरु सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले जानकारी दिए ।

प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको नारायणी अञ्चल संयोजक कपिल पाण्डे, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेल, चौतारी यातायात व्यवसायी संघका अध्यक्ष भुवन बराललाई पक्राउ गरेको छ । उनीहरुसंगै सडक अबरुद्ध गर्न खोज्ने राजकुमार श्रेष्ठ, सुदर्शन तामाङ, मगरा महतो,धनबहादुर गुरुङ, मनोज वि.क, दिपक कुमाल र लक्ष्मण चौधरीलाई र एउटा बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले यहीँ भदौ १९ गतेदेखि चितवनको स्थानीय रुटमा प्रती कि मि १ रुपैयाँ ७८ पैसा भाडादर कायम गरेको थियो । सोहि निर्णयको बिरोध गर्दै यातायात व्यवसायीहरुले पहिला लिदै आएको भाडादर नै कायम गर्नुपर्ने भन्दै यातायात आवागमनमा अबरोध पुर्याएकोले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण