गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराप्रपा नेपालमा विद्रोह औपचारिक रुपमा फुट्दै

राप्रपा नेपालमा विद्रोह औपचारिक रुपमा फुट्दै

September 11, 2016२६६ पटक

भदौ २

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर वरिष्ठ नेता केशरबहादुर विष्टले आइतबार नयाँ पार्टी घोषणा गर्न लागेका छन् ।
राजधानीको बुद्धनगरस्थित अल्फाबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ पार्टीको गठन गर्न लागिएको सो समुहका एक नेता दमन बस्नेतले रातोपाटीलाई जानकारी दिए । kamal-keshar
नयाँ पार्टीको नाम ‘एकीकृत राप्रपा नेपाल निर्माण अभियान’ हुने बताइएको छ ।
सो समुहमा राप्रपा नेपालका प्रभावशाली ढेड दर्जनबढी केन्द्रीय सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
कमल थापा ओली ओली नेतृत्वको सरकारमा रहँदा विष्टसमुहले पार्टीले एजेण्डा मासेको र सरकारमा गएर गल्ती गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएपछि गत चैतमा विष्ट कारबाहीमा परेका थिए । कारबाहीमा परेसँगै उनले पार्टीभित्र समानान्तर कमिटि चलाउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण