नेपाली संगीतका “रक्षक” : लिएर आउदै छन् दोस्रो एल्बम “मायाको स्पर्श”
सबमा समान छ संगीत l दिन प्रतिदिन संगीत मा रम्ने र रमाउने हरुको लहर निकै बढ्दो छ l संगीतमा सुर मिलाउनु सामान्य कुरा हैन तर पनि यो क्षेत्रमा लाग्नेको भने कमि छैन l राष्ट्रिय स्तरबाट मात्र नभएर स्थानिय स्तरबाट पनि आफ्नो सपना पुरा गर्न अर्थात आफ्नो संगीत यात्रालाई गन्तब्यमा पुर्याउन बर्षौ देखि दिन प्रतिदिन मेहनत र संघर्ष गरिरहेका छन् l
यहि क्रममा मोफसल अर्थात भोजपुरको दिङ्ग्मा जन्मिएर पुर्वको केन्द्र इटहरीबाट आफ्नो संगीत सपना साकार पार्न मेहनत गरिरहेका छन् रक्षक राई l मेहनत नै सफलताको सुत्र मान्ने रक्षकले पहिलो एल्बम केहि बर्ष अगाडी नै बजारमा ल्याईसकेका छन् l आफ्नो पहिलो एल्बम “पहिलो प्रेम” नामांकन गरेर सार्बजनिक गरेपछि प्रतिक्रिया राम्रो बटुलेका रक्षक झनै हौसिएका छन् l
रक्षक भन्छन “आफु संग कला छ, गला छ र पनि अहिले को परिवेश मा यो क्षेत्र मा लागेर सहज रुप ले अगाडी बढ्न निकै कठिन रैछ” उनि फेरी थप्छन “पैसा र बैस चल्दो रैछ अहिले, कला पनि पैसा मा बिक्न थाले पछि हामि जस्ता मध्यम वर्गका व्यक्ति हरु जहाको त्यहि हुने रैछ” l
“हिड्ने मान्छे लड्छ” भने जस्तै रक्षक पनि नलडी हिड्न सकेका छैनन्, किन कि अवस्था लड्नै पर्ने छ l जस्तो सुकै परिस्तिथि आए पनि संगीत यात्रा लाई निरन्तरता दिने उनको अठोट छ l
बिगत ५ बर्ष देखि परिवार को साथ् र सपोर्ट सहित अगाडी बढिरहेका रक्षक राई अहिले इटहरी बाटै आफ्नो दोस्रो एल्बम को तयारी मा जुटेका छन् l आफ्ना आफन्त तथा साथिभाई को सहयोगमा दोस्रो एल्बम लाई “मायाको स्पर्श” नाम दिएका छन् l
“पहिलो एल्बम बजार मा आएपछि सबैको न्यानो माया र आशिर्बाद छ, वहाहरु को त्यो अदृश्य मायाको स्पर्श लाई भुल्न सक्दिन त्यसैले दोस्रो एल्बम मायाको स्पर्श राखेको हो l” रक्षक भन्छन l