गृहपृष्ठ » अार्थिक, मुख्य समाचारबुद्ध सर्किटको टुर प्याकेज भैरहवामा सञ्चालन

बुद्ध सर्किटको टुर प्याकेज भैरहवामा सञ्चालन

September 11, 2016४५४ पटक

रबिन्द्र प्रताप fb_img_1473577666803गुप्ता
भैरहवा, भदौ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध संग जोडिएका क्षेत्रहरुको अवलोकन भ्रमण गराउने उद्धेश्यले सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले शनिबार देखि टुर प्याकेज सञ्चालनमा ल्याएको छ ।

प्रत्येक शनिबार सार्वजनिक विदाको दिन आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी टुर प्याकेज सञ्चालन गरिएको सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । बुद्ध सर्किट अवलोकन गर्ने पर्यटकहरु नियमित सवारी साधनको अभावमा लुम्बिनी बाहेक बुद्fb_img_1473577669722ध संग जोडिएका क्षेत्रहरु जान नसकेको समस्या देखिएकोले सो प्याकेज सञ्चालन गरिएको अध्यक्ष सारु मगरले बताए ।
हप्ताको हरेक शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवाबाट बिहान ७ बजे छुट्ने गरी बुद्ध सर्किट भ्रमण सुरु हुनेछ । करिब २ घण्टा लुम्बिनी दर्शन पश्चात यात्रुहरुलाई केही बेर खाना खुवाई बुद्ध सर्किट संग जोडिएका क्षेत्रहरु कपिलबस्तु जिल्लामा पर्ने कुदान, गोटिहवाको अवलोकन गराइनेछ ।सो पश्चात कपिलवस्तुको निग्लिहवा हुदैं जगदिशपुर ताल भ्रमण गराइने छ । करिब आधा घण्टाको ताल अवलोकन पछि बुटवल स्थित ऐतिहासिक जितगढी किल्लामा घुमाइने छ । अन्तिममा मधवलिया अवस्थित अस्ट्रिच फर्मको अवलोकन गराई साँझ भैरहवाको बुद्ध चोक फर्किने योजना रहेको छ । बुद्ध सर्किट घुमाउन ३५ सिटको डिलक्स बस सञ्चालन गरिएको छ भने प्रति व्यक्ति ५ सय ५० रुपैया भाडा तोकिएको छ ।

fb_img_1473577655045
शनिबार देखि प्रारम्भ भएको अवलोकन भ्रमण्को रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले रिबन काटी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रमको उदघाटन पश्चात बौल्दै प्रजिअ ढकालले सिद्धार्थ यातायात व्यवसायी समितिले ल्याएको यस प्रकारको प्याकेजले लुम्बिनीको पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउने बताए

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण